गैरकानुनी ढङ्गले हटाइएको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यद्वारा सर्वोच्चमा निवेदन



गैरकानुनी ढङ्गले हटाइएको भन्दै प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यद्वारा सर्वोच्चमा निवेदन

काठमाण्डाै ३२ साउन ।  आफूलाई गैरकानुनी ढङ्गले हटाइएको भन्दै नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन् ।

आफूलाई अघिल्लो सरकारले चार वर्षका लागि नियुक्ति गरे पनि अहिले कुनै कारणविना गैरकानुनी ढङ्गले हटाइएको भन्दै शाक्यले पुनर्बहालीको माग गरेर सर्वोच्चमा निवेदन दर्ता गराएका हुन् । उनको निवेदनको सुनुवाइ पर्सी बुधवारका लागि तोकिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे