आज रातिदेखि संसद् अधिवेशन अन्त्य



आज रातिदेखि संसद् अधिवेशन अन्त्य

काठमाण्डाै ३२ साउन । आज साेमवार रातिदेखि सङ्घीय संसदका दुवै सदनको अधिवेशन अन्त्य हुने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभाका अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफरिस गरेको थियो ।

सरकारको सिफारिसका आधारमा राष्ट्रपति कार्यालयले सदन अधिवेशन अन्त्यको जानकारी दुवै सदनमा पठाइसकेको छ । राष्ट्रपति कार्यालयबाट सङ्घीय संसद्लाई पठाइएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका छन् ।

सभामुख सापकोटाले राष्ट्रपति भण्डारीले प्रतिनिधि सभामा पठाउनुभएको पत्र वाचन गर्दै भने, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०७८/४/३२ को सिफारिसमा सङ्घीय संसद् दुवै सदनको चालु अधिवेशन २०७८ साल साउन ३२ गते सोमवार राति १२ बजेदेखि अन्त्य गरेको छु ।’

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गरिएको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि साउनको ३ गते अधिवेशन सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे