दंगाली चेली रिना बस्नेतले अभियन गरेको ‘सानु तिम्रो मन’ सार्वजनिक (भिडियो सहित)



दंगाली चेली रिना बस्नेतले अभियन गरेको ‘सानु तिम्रो मन’ सार्वजनिक (भिडियो सहित)

देउखुरी टुडेकर्मी , दाङ २५ असोज । दंगाली चेली रिना बस्नेतले अभियन गरेको ‘सानु तिम्रो मन’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । दाङ देउखुरीको राजपुर निवासी मोडेल बस्नेतले अभियन गरेको म्युजिक भिडियो हालै बजारमा आएको छ । लोक दोहोरी गायक विष्णु सिंजाली मगरले आफ्नो मार्मिक गीत ‘सानु तिम्रो मनको’ नामक नयाँ भिडियो बजारमा लिएर आएका छन् ।

स्वरमा भने नेपाली लोक दोहोरी गीत संगीतमा चर्चा कमाउन सफल भैसकेकी लोक दोहोरी गायीका देवी घर्ती मगरले यस गीतमा विष्णु सिंजाली मगरलाई साथ दिएकी छन् । गीतको लय विष्णु सिंजाली मगरको र शब्द होम राना र बसन्त रानाको रहेको छ । गीतको भिडियोमा सुबास पाण्डे, रिना बस्नेत,सुशान्त परियार, जीतवहादुर थापा, प्रदीप गैरे, भावना भट्टराई, पारस पाण्डे, संजय पाठक लगायतको सशक्त अभिनय देख्न सकिन्छ ।

आशिका प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियो सानु तिम्रो मनको छायांकन आशिका प्रोडक्सनले र निर्देशन शिव भट्टराईले गरेका हुन् । गीतको मर्म अनुसार भिडियो निमार्ण भएका कारण र गीत अनुसार भिडियो पनि ज्यादै मार्मिक बनेको हुनाले आम दर्शक स्रोताको मन जित्न सफल हुने गायक मगरको भनाई छ ।अहिले सम्म विष्णु सिंजाली मगरले ३ वटा गीतमा स्वर दिइसकेका छन् भने धेरै गीतहरुका शब्द संगीत समेत गरेका छन् । भिडियोको छाँयाकन पाल्पा र स्याङ्गजा जिल्लामा गरिएको छ ।

हेर्नुस् पुरा भिडियो

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे