विधानमा नै युवा पुस्तालाई समावेशी बनाउन पहल गर्ने नेकपा एमालेका महासचिव पोखरेलकाे प्रतिबद्धता



विधानमा नै युवा पुस्तालाई समावेशी बनाउन पहल गर्ने नेकपा एमालेका महासचिव पोखरेलकाे प्रतिबद्धता

काठमाण्डाै ३० साउन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको विधानमा नै युवा पुस्तालाई समावेशी बनाउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेकपा एमालेको विधान महाधिवेशन आगामी भदौ २७ र २८ गते काठमाण्डाैमा हुँदैैछ ।  महासचिव पोखरेलले पार्टीमा नेतृत्वको रिक्तता हुने अवस्था आउन नदिन पनि आफूले पार्टीको विधान महाधिवेशनमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्ने बताए ।

शनिबार सुनिता बरालद्वारा लिखित ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गर्दै उनले पार्टी भित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा/तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यकता भएको पनि स्पष्ट पारे । ‘विधान अधिवेशन हुँदैछ । सो विधान अधिवेशनमा नेतृत्व निर्माणका सन्दर्भमा म अगुवाई गरेर कुरा उठाउँछु’ उनले भने, ‘पाका पुस्ता पनि चाहिन्छ, अधवैंसे पुस्ता पनि चाहिन्छ । त्यतिले मात्रै पुग्दैन । युवा/तन्नेरी पुस्ताको पनि समावेशीता विधानमै व्यवस्थिति हुुनुपर्छ । त्यसो नहुने हो भने पार्टीमा नेतृत्वको रिक्तता हुन्छ ।’

महासचिव पोखरेलले युवा पुस्तालाई पार्टी भित्र समावेशी गराउन विधानमा नै व्यवस्था गर्न युवा, विद्यार्थीहरुलाई दवाब दिन पनि सुरु गर्न निर्देशन समेत दिए । उनले पार्टीका युवा, विद्यार्थीहरुलाई निन्द्रा नै नलाग्ने खालको सपना देख्न र उत्पादनको काममा सहभागी भइ देशलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे