दाङमा शुक्रबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि, १२ जना संक्रमण मुक्त



दाङमा शुक्रबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि, १२ जना संक्रमण मुक्त

दाङ २२ साउन । दाङमा शुक्रबार थप १३ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५० जनामा गरिएको पिसिआर परिक्षणमा ९ जना पुरुष र ४ जना महिलामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराहीका ७, लमहीका २, तुलसीपुर, बबई, दंगिशरण र राप्तीका एक एक जना रहेका छन् । यो सँगै दाङमा सकृय बिरामीको संख्या १ सय ५१ पुगेको छ । उनिहरु मध्य घरमा १ सय २५ जना, अक्सिजन सहितको उपचारमा १८ जना र ८ जना आईसियूमा रहेका छन् ।

शुक्रबार थपिएका १३ जना सहित दाङमा बैशाख यता ८ हजार ५ सय ४७ जनामा कोरोना देखिएको छ । ति मध्य ८ हजार एक सय ८८ जना निको भएका छन् । यसैबीच आज दाङमा १२ जना कोरोना मुक्त भएका छन् । घोराहीका ८ जना, बबई र राजपुरका दुई दुई जना कोरोना मुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे