आज विश्व जडिबुटि दिवस, दाङमा पतञ्जली योग समितिद्धारा घर-घरमा जडिबुटिका बिरुवा रोपेर मनाइदै



आज विश्व जडिबुटि दिवस, दाङमा पतञ्जली योग समितिद्धारा घर-घरमा जडिबुटिका बिरुवा रोपेर मनाइदै

दाङ २० साउन । पतञ्जली योग समिति दाङले आफ्ना सदस्यहरुका घरमा जडिबुटीका बिरुवा रोपेर आज बुधवार विश्व जडिबुटि दिवस मनाएको छ । जडिबुटि दिवस तथा आर्युवेद शिरोमणि आचार्य बालकृष्णको जन्मोत्सवको अवसरमा जिल्लाभर रहेका आफ्ना सदस्यहरुले लगाउने ठाउ हुने सदस्यले धेरै र नहुनेले घरको गमलामा भएपनि कम्तिमा पनि तीन वटा विरुवा लगाएर दिवस मनाइएको पतञ्जली योग समितिका जिल्ला प्रभारी उदयबहादुर डाँगीले दिए ।

दिवसकै अवसरमा बिहान भर्चुअल माध्यमबाट नेपालमा पाइने जडिबुटी र त्यसको महत्वका बारेमा छलफल गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि बनस्पति बिज्ञ डिल्लिबहादुर क्षेत्रीले नेपालमा ७ सय प्रजातिका जडिबुटि पाइने बताए । विश्वमै अनौठो विशिष्ट खालको हावापानी भएको नेपालमा ७ सय प्रजातिका जडिबुटि नेपालमा पाइने र ती मध्ये १ सय ५० प्रजातिका जडिबुटिको बिक्रिवितरण भइरहेको बताए ।

जडिबुटिको महत्व बुझ्न नसक्दा नेपालमा पाइने धेरै जडिबुटि स्याउला र सोत्तरका रुपमा प्रयोग हुने गरेको उनले बताए । वनस्पति विज्ञका रुपमा सरकारको उपसचिव भएर ३५ बर्ष काम गर्नु भएका क्षेत्रीले साविकको राप्ति र कर्णाली अञ्चल विश्वमै पाइने दुर्लश जडिबुटिको उर्वरथलो भएको बताए ।

विश्व समुदाय आधुनिक चिकित्सा पद्धतीमा धेरै विश्वास गर्ने, जडिबुटिका बारेमा गहिरो अध्ययन अनुसन्धान नहुने, अध्ययन भएका विषयबस्तु कार्यान्वयनमा नल्याउने, जडिबुटिको सहि पहिचान गरी मात्रा नमिलाइ खाने, तुरुन्तै प्रतिफल खोज्ने प्रबृत्तिले गर्दा जडिबुटिको संरक्षण र उपयोग कम भएको क्षेत्रीले बताए ।

पतञ्जली योग समिति दाङका प्रभारि उदय बहादुर डाँगीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बनस्पति बिज्ञ डिल्लिबहादुर क्षेत्री र पतञ्जली योग समिति लुम्विनी प्रदेशका महासचिव घनश्याम अधिकारीले नेपालमा पाइने जडिबुटिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा सहभागिहरुले जडिबुटिका बिरुवा प्रर्दशन गर्नुका साथै त्यसका प्रयोगको अवस्थाका बारेमा सुझाव राखेका थिए ।

योग शिक्षक अञ्जु रेग्मीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमा युवा प्रभारि केदनारायण आचार्य, योग समितिका सदस्य बिष्णुप्रसाद खुलाल, महिला प्रभारि लक्ष्मी आचार्य, बालप्रभारि सुदीप अर्याल लगायतकाले बोलेका थिए । कार्यक्रमको सहजिकरण पतञ्जली योग समिति तुल्सीपुर उपमहानगरपालिका १९ कि संयोजक शिला भट्टराइले गरेका थिए ।

दाङका १ सय ९३ वटा साधना केन्द्र मार्फत बिहान नित्य योग शिक्षा दिदै आएको पतञ्जली योग समिति दाङले कोरोना भाइरसको सक्रमण बढेपछि बिगत एक बर्षदेखि अनलाइन मार्फत योग शिक्षा प्रदान गर्दै आइरहेको जुन मार्फत अनलाइन योग शिक्षा सञ्चालन कार्यक्रमका संयोजक केतनारायण आाचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे