फास्ट ट्रयाककाे काम समयमै सम्पन्न गर्न प्रधानमन्त्री देउवाकाे निर्देशन



फास्ट ट्रयाककाे काम समयमै सम्पन्न गर्न प्रधानमन्त्री देउवाकाे निर्देशन

काठमाडौँ २० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनाले निर्माण गर्दै गरेको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को निर्माण कार्यलाई छिटो सम्पन्न गर्न निर्देशन दिए ।

प्रधानमन्त्रीले रक्षा मन्त्रालयका निमित्त सचिव आलोकचन्द्र श्रेष्ठ र रथी प्रभुुराम शर्मालाई मङ्गलबार बालुवाटार बोलाएर सम्बन्धित निकायसँग समन्वय गरेर छिटोभन्दा छिटो कार्य गर्न निर्देशन दिएका छन्।

प्रधानमन्त्री देउवाले दु्रतमार्गको प्रगतिका बारेमा जानकारी लिनुभएको थियो । प्रधानमन्त्रीलाई द्रुतमार्गको निर्माण कार्यमा हालसम्म भएका प्रगतिका विषयमा अवगत गराइएको जानकारी प्रधानमन्त्री कार्यालयका उपसचिव बद्री तिवारीले दिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे