दाङमा २४ हजार बढीले जोन्सन एण्ड जोन्सन खोप लगाए



दाङमा २४ हजार बढीले जोन्सन एण्ड जोन्सन खोप लगाए

दाङ १९ साउन । दाङमा सोमबार सम्म जोन्सन एण्ड जोन्सन खोप २४ हजार बढिले लगाएका छन् । गएको साउन १५ गते देखि लगाउन सुरु गरिएको जोन्सन एण्ड जोन्सन खोप दाङका दशवटै पालिकाहरुबाट २४ हजार बढिले लगाएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा मात्रै सात हजार बढिले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । जनस्वास्थ्य निरिक्षक बिमल केसीका अनुसार ५९६ जना गाडी चालक तथा सहचालक, विभिन्न संघसंस्थाका १६५ कर्मचारी, ६५२ जना शिक्षक, २ सय उद्योगी, बैदेशिक रोजगारीमा जाने १७५, स्वास्थ्यकर्मी ३५ जना र ५ हजार ६ सय १९ जना ५० देखि ५४ बर्ष उमेर समुहका नागरिक गरी ७ हजार ४ सय ४२ जनाले खोप लगाएका हुन् ।

त्यसैगरी दाङको लमही नगरपालिकामा ८ सय ८१ महिला र ७ सय ७३ जना पुरुष गरी १६ सय ५४ जनाले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् । त्यस्तै घोराही उपमहानगरपालिकामा ७ हजार, शान्तिनगर गाउँपालिकामा १४ सय ४०, बबई गाउँपालिकामा १४ सय, दंगीशरण गाउँपालिकामा १२ सय ३२, जनाले जोन्सन लगाएको संम्वन्धित पालिकामा स्वास्थ्य शाखा प्रमुखहरुले बताएका छन् ।

यसैगरी बगंलाचुली गाउँपालिकामा ५५७ महिला र ५३८ पुरुष गरि १ हजार ९५ जनाले जोन्सन एण्ड जोन्सन लगाएको स्वास्थ्य शाखा प्रमुख भक्त जिसीले बताए । त्यस्तै गढवा गाउँपालिकामा १६५०, राप्ती गाउँपालिकामा १ हजार ८ सयले जोन्सन एण्ड जोन्सन खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे