देशभर मंगलबार थप ३,३८३ जनामा कोरोना सङ्क्रमण पुष्टि, १,९९४ जना निको, २४ जनाकाे मृत्यु



देशभर मंगलबार थप ३,३८३ जनामा कोरोना सङ्क्रमण पुष्टि, १,९९४ जना निको, २४ जनाकाे मृत्यु

काठमाडाैा १९ साउन । पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १६ हजार सात सय १८ जनाको पीसीआर–एन्टिजेन परीक्षण गर्दा तीन हजार तीन सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको २० प्रतिशतभन्दा धेरै हो । आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ६५ हजार आठ सय १५ जना पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६० हजार एक सय १६ जना पुगेको छ ।

यही अवधिमा थप २४ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएसँगै अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या नौ हजार नौ सय २२ पुगेको छ ।

अहिले नेपालमा ३२ हजार ५९ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा एक लाख ९८ हजार चार सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित दुई वटै मात्रा खोप लगाउनेको सङ्ख्या २० लाख दुई हजार सात सय तीन र एक मात्रा लगाउनेको सङ्ख्या ४२ लाख ५४ हजार पाँच सय ४० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे