कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन



कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडाैँ १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले ऊर्जा मन्त्री पम्फा भुसाललाई बोलाएर प्राधिकरणका प्रमुख हितेन्द्रदेव शाक्यसँग राजीनामा माग्न र कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया थाल्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

सरकारले प्रधानमन्त्री शेरबहादुर देउवा र ऊर्जा मन्त्री भुसालले अहिलेका प्रमुख हितेन्द्रदेव शाक्यको कामप्रति असन्तुष्टि जनाउँदै कुलमान घिसिङलाई नै ल्याउने तयारी थालेका हुन् । ‘हितेन्द्रदेव शाक्यले दीर्घकालीन र ठूला आयोजनाको काम त गर्न सक्नुभएन नै हटिसकेको लोडशेडिङ फेरि बिउँतिने खालको सङ्केत दिने गरी काम गर्नुभएकाले उहाँलाई हटाउने तयारी थाल्न प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे