सप्तरीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो



सप्तरीमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

सप्तरी १९ साउन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका-४ मा बसलाई ओभरटेक गर्ने क्रममा दुई वटा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । सोमवार साँझ भएको दुर्घटनामा सिरहा लहान नगरपालिकाका २८ वर्षीय रामशंकर यादव र शम्भुनाथ नगरपालिका–७ का २८ वर्षीय बुद्धसागर चौधरीको ज्यान गएको हो ।

स ११ प ४०३८ नम्बरको मोटरसाइकलले बा २ ख ५६८२ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट जाँदै गरेको प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता माधवप्रसाद काफ्लेले दुर्घटनामा परेर ४०३८ नम्बरको मोटरसाइकलमा रहेका चौधरी र ९५५६ नम्बरको मोटरसाइकलमा रहेका यादवको ज्यान गएको जानकारी दिए ।

चौधरीको मोटरसाइकलको पछाडि रहेका २८ वर्षीय आन्नद चौधरी र यादवको मोटरसाइकलकाे पछाडि रहेकी लहान–२० की २३ वर्षीया सोनम चौधरी गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे