सहकारीको रकम हिनामिना मुद्दामा मुछिएका राप्ती गाउँपालिका अध्यक्ष सुवेदी धरौटीमा छुटे



सहकारीको रकम हिनामिना मुद्दामा मुछिएका राप्ती गाउँपालिका अध्यक्ष सुवेदी धरौटीमा छुटे

भालुवाङ १८ साउन । सहकारी संस्थाको रकम हिनामिना मुद्दामा मुछिएका राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी धरौटीमा छुटेका छन् ।

राप्ती गाउँपालिका—५ सिसहनियाँमा प्रधान कार्यालय रहेको देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढी रकम हिनामिना गरेको आरोपमा गाउँपालिका अध्यक्ष सुवेदी सहित २५ जनालाई पक्राउ गर्न अदालतले आदेश दिएको थियोे ।

तर सोमवार सुवेदी आफै दाङ देउखुरी जिल्ला अदालत घोराहीमा उपस्थित भएर बयान दिए लगत्तै भएको थुनछेक बहसबाट अदालतका मुख्य न्यायधिस रितेन्द्र थापाको एकल इजलासले सुवेदीलाई २ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको अदालतका श्रेस्तेदार धनसिंह गिरीले जानकारी दिएका छन् ।

सुवेदी साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व लेखा तथा सुपरिवेक्षण समितीको संयोजक पदमा रहेका थिए । सहकारीको रकम हिनामिना गरेको आरोमा ४ जना कर्मचारीलाई यस अघि नै अदालतले पूर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको थियो ।

पक्राउ परेका पाँच जना मध्ये एक महिलालाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो । केही महिना पहिले मात्रै चारवटा सहकारी संस्था मिलाएर देउखुरी बचत तथा ऋण सहकारी संस्था निर्माण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे