नेपालमा थप ३१२५ जनामा कोरोना सङ्क्रमण पुष्टि, १९२५ निकाे २३ जनाको मृत्यु



नेपालमा थप ३१२५ जनामा कोरोना सङ्क्रमण पुष्टि, १९२५ निकाे २३ जनाको मृत्यु

काठमाण्डाै १८ साउन । पछिल्लो २४ घण्टामा तीन हजार एक सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार ६ सय १३ जनाको पीसीआर र तीन हजार एक सय ९८ जनाको एन्टिजेन गरी १३ हजार आठ सय ११ जनाको नमुना परीक्षण गर्दा तीन हजार एक सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो कुल परीक्षणको झन्डै २३ प्रतिशत हो । आज थपिएकासँगै नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या सात लाख ६२ हजार चार सय ३२ पुगेकाे छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार नौ सय २५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५८ हजार एक सय २२ जना पुगेको छ ।

यही अवधिका थप २३ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार आठ सय ९८ पुगेको छ । अहिले नेपालमा ३१ हजार ६ सय २९ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक लाख ८१ हजार २५ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । नेपालमा अहिलेसम्म २० लाख दुई सय ११ जनाले दुइ वटै मात्रा र ४१ लाख ६३ हजार दुई सय ५१ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे