दाङमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना कोरोना मुक्त



दाङमा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि, ११ जना कोरोना मुक्त

दाङ १८ साउन । दाङमा आज थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ६० जनामा गरिएको पिसिआर परिक्षण गर्दा ७ महिला र ७ पुरुषमा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा घोराहीका १२ जना, तुलसीपुरका र लमहीका १/१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । आज थप भएका १४ जना सहित जिल्लामा सकृय विरामीको संख्या एक सय ३९ जना पुगेको छ । ति मध्य एक सय १९ जना घरमा, अक्सिजन सहितको उपचारमा २० जना र आईसियूमा ६ जना रहेको केन्द्रले जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टामा दाङमा ११ जना कोरोना मुक्त भएका छन् । आज कोरोना मुक्त हुनेमा घोराहीका ९ जना, तुलसीपुर र राप्तीका १/१ जना रहेका छन् । बैशाख यता दाङमा ८ हजार ४ सय ६९ जनामा कोरोना देखिएको छ । ति मध्य ८ हजार १ सय २२ जना निको भएका छन् भने २ सय ८ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे