टोकियो ओलम्पिकमा १ सय ७६ स्वर्ण पदकको छिनोफानो, चीनकाे अग्रता कायमै



टोकियो ओलम्पिकमा १ सय ७६ स्वर्ण पदकको छिनोफानो, चीनकाे अग्रता कायमै

काठमाण्डाै १८ साउन । जापानमा भइरहेको टोकियो ओलम्पिकमा १७६ स्वर्ण पदकको छिनोफानो भएको छ । अहिलेसम्म ओलम्पिकमा चीनले अग्रता कायमै गरेको छ ।

चीनले अहिलेसम्म २४ स्वर्णसहित ५१ पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्णसहित ५९ पदक जितेको  छ । यस्तै, तेस्रो स्थानको आयोजक देश जापानले १७ स्वर्णसहित ३१ पदक जितेको छ ।

चौथो स्थानको अस्ट्रेलियाले १४ स्वर्णसहित  ३१ पदक जित्दा पाँचौँ स्थानमा रहेको रुस ओलम्पिक कमिटीले १२ स्वर्ण सहित ४४ पदक जितेको छ । यस्तै,  बेलायतले  १०, दक्षिण कोरिया र फ्रान्सले पाँच/पाँच, इटली, नेदरल्यान्डस्, जर्मनी, न्युजिल्यान्ड र चेक रिपब्लिकले चार/चार स्वर्ण जितेका छन् ।

यस्तै, क्यानडा, स्विट्जरल्यान्ड र क्रोएसियाले तीन/तीन स्वर्ण जितेका छन् । ब्राजिल, चाइनिज ताइपेइ, हङ्गेरी, स्लोभानिया, इक्वेडर, कतार र कोसोभोले दुई/दुई स्वर्ण जितेका छन् । यस्तै, ३० देशले एक/एक स्वर्ण जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे