वेस्ट इन्डिजसँगको दोस्रो टी–ट्वान्टीमा पाकिस्तान ७ रनले विजयी



वेस्ट इन्डिजसँगको दोस्रो टी–ट्वान्टीमा पाकिस्तान ७ रनले विजयी

काठमाण्डौ १७ साउन ।  घरेलु टोली वेस्ट इन्डिजसँगको दोस्रो टी–ट्वान्टी क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गुएनामा गएराति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ७ रनले हराएको हो ।

यो जितसँगै पाकिस्तानले ४ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । पहिलो खेल वर्षाको कारण नतिजाविहीन भएको थियो । पाकिस्तानले दिएको १ सय ५८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन मात्र बनाउन सक्यो ।

वेस्ट इन्डिजका लागि निकोलस पुरनले अविजित ६२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । पाकिस्तानका शहिन साह, अफ्रिदी, मोहमद हाफिज, हसन अली र मोहमद वासिमले १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५१ रनको अर्धशतकीय पारी खेले । मोहमद रिजवानले ४६ रन जोडे । यससँगै रिजवानले एकै वर्षमा धेरै टी–ट्वान्टी रन बनाउने खेलाडीको कीर्तिमान समेत बनाएका छन् ।

रिजवानले सन् २०२१ मा ७ सय ५२ रन जोडेर आयरल्यान्डका पाउनल स्ट्रलिङ्गको कीर्तिमान तोडेका हुन् । स्ट्रलिङ्गले २०१९ मा ७ सय ४८ रन जोड्दै कीर्तिमान बनाएका थिए । वेस्ट इन्डिजका जासन होल्डरले ४ विकेट तथा ड्वाने ब्राभोले दुई विकेट लिए । तेस्रो खेल आज राति हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे