जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत चयन



जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मत चयन

काठमाण्डाै १६ साउन । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले संसदीय दलको नेतामा उपेन्द्र यादवलाई सर्वसम्मतिले चयन गरेको हाे।

यादवको प्रस्तावकमा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र समर्थकमा महेन्द्र राय यादव रहेकाे थियाे । आजको बैठकमा महन्थ ठाकुर पक्षका केही सांसद भने उपस्थित भएका थिएनन् ।

यसअघि जसपमा अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले एक अर्कालाई कारबाही गर्दै आ–आफ्नै नेता चयन गरेका थिए । तर निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि आधिकारिक रुपमा संसदीय दलको नेता चयन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे