देउखुरीकाे सिसहनियाँ-महदेवा जोड्ने राप्ती पुलको एप्रोच मर्मत कार्य अन्तिम चरणमा



देउखुरीकाे सिसहनियाँ-महदेवा जोड्ने राप्ती पुलको एप्रोच मर्मत कार्य अन्तिम चरणमा

भालुवाङ १५ साउन । बाढीले बगाएको राप्ती नदिको पुलको एप्रोच मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । पुलको एप्रोच बगाएपछि प्रशासनले आवतजावत पुणर्रुपमा बन्द गरिएको थियो । एप्रोच मर्मतको काम पुल आयोजना सेक्टर नम्बर ३ कार्यालय नेपालगन्ज गरेको हो ।

पुलको पुर्व तिर तटबन्ध गरेर बाल उठाउने काम करिब करिब सकिन लागेको छ, अबको केही दिनमै दुबै तर्फ बाट गाडीहरु संचालन हुने कार्यालयले जनाएको छ । दाङको राप्ती गाउँपालिका र गढवाको महदेवा जोड्ने नेपालकै दोस्रो लामो पुलको एप्रोच केही दिन अघि खहरे खोलामा आएको बाढीले बगाएको थियो ।

पुलको उत्तर पुर्व तिरको एप्रोच बगाउदा पुल नै जोखिममा परेको थियो । दाङका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङको पहलमा अप्रोच बगाएको भोलि पल्ट बाटै मर्मतको काम शुरु भएको थियो । पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले शिलान्यास गरेका थिए भने पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे