नेपाली काँग्रेसकाे क्रियाशील सदस्यता विवाद शीर्ष नेताले पाँच दिनभित्र टुङ्ग्याउने



नेपाली काँग्रेसकाे क्रियाशील सदस्यता विवाद शीर्ष नेताले पाँच दिनभित्र टुङ्ग्याउने

काठमाडौं ४ साउन। नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद ५ दिनभित्र सहमति गर्ने निर्णय गरेको छ । बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले बारा, सप्तरीका सबै क्षेत्र, धनुषा-४, सर्लाही-२ का साथै रसुवा र सिन्धुपाल्चोकमा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यताका सम्बन्धमा देखिएको विवाद ५ दिनभित्र समाधान गर्ने निर्णय गरेको हो ।

क्रियाशील सदस्यता छानबिन समितिले विवादित क्षेत्रको समस्या समाधान नगरी साउन १२ गते सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । तर पदाधिकारी बैठकले विवादका विषयमा सहमति जुटाउन छानबिन समितिलाई थप एक दिन समय दिएको थियो ।

छानविन समितिले विवादित क्षेत्रको समस्या समाधान गर्न नसकेपछि यो जिम्मा पदाधिकारी र पूर्वपदाधिकारीहरुलाई दिएको समितिा सभापति रमेश लेखकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे