नेपालमा बिहिबार थप ३ हजार ३ सय ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ हजार ३ सय ७३ जना निको



नेपालमा बिहिबार थप ३ हजार ३ सय ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि, १ हजार ३ सय ७३ जना निको

काठमाण्डाै १४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार तीन सय ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार पाँच सय ५५ जनाको पीसीआर र चार हजार ६ सय ८७ जनाको एन्टिजेन गरी १४ हजार दुई सय ४२ जनाको नमुना परीक्षण गर्दा तीन हजार तीन सय ६५ जनामा सङ्क्रमण देखिएको हो ।

यो कुल परीक्षणको २३ दशमलव ६२ प्रतिशत हो । याेसँगै नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या सात लाख ५० हजार २२ पुगेकाे छ । यस्तै थप एक हजार तीन सय ७३ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ५० हजार चार सय ४५ पुगेको छ ।

यही अवधिमा थप १६ जनाको ज्यान गएसँगै नेपालमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार आठ सय सात पुगेको छ ।

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या फेरि ३० हजार नाघेको छ । सङ्क्रमित थपिने क्रम बढेको र निको हुनेहरू कम हुँदा सक्रिय सङ्क्रमितको सङ्ख्या अहिले ३० हजार तीन सय ९० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे