लुम्बिनी प्रदेशको राजधानीको प्रारम्भिक खाका तयार



लुम्बिनी प्रदेशको राजधानीको प्रारम्भिक खाका तयार

भालुवाङ १४ साउन । लुम्विनी प्रदेशको राजधानीको विषयमा विभिन्न खालको कुराहरु आईरहेको बेला सरोकारवालाहरुको सहभागीमामा राजधानी शहरको सम्भावित खाका प्रस्तुत गरिएको छ । विहिवार राप्ती गाउँपालिकाको सभाहलमा प्रदेश पुर्वाधार प्राधिकरणको आयोजनामा राप्ती गाउँपालिका, गढवा गाउँपालिका र शितगंगा नगरपालिकाका सरोकारवालाहरुमाझ राजधानी शहरको खाका प्रस्तुत गरिएका हो ।

राप्ती उपत्यका र सम्भावित शहरको बारेमा राजधानी शहरको खाका तयार गरिरहको सितारा ईकोकोड , टेक्नोक्रयाट जेभिका पराशर्मदाता डा। विजय श्रेष्ठले राप्ती उपत्यकाको सम्भावित खाका प्रस्तुत गदै ब्यवस्थीत शहर बनाउन आम नागरिकको सल्लाह लिईने बताएका छन् ।

प्रदेश पुर्वाधार प्राधिकरणका प्रमुख धुब्र मजगैयाको अध्यक्षतामा भएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले राजधानी घोषणा भएपछिका उतार चढावका साथै आगामी दिनमा गर्नुपर्ने तयारी र तिब्रताका बारेमा सम्पुणर्मा सजग गराउदै सहकार्य तथा समन्वयको लागि सबैमा आब्हान समेत गरेका छन।

कार्यक्रममा प्रस्तुत गरिएको शहरको खामामा थप गर्नुपर्ने योजना सहित स्थानिय नागरिकको जिवन स्तर सुधार गर्ने योजनालाई प्राथमिकता दिन र यस क्षेत्रको सामाजिक, आर्थिक, सास्कृतिक, वातावरणीय क्षेत्रको सुरक्षाको प्रत्याभुति गराउन छलफल चलाईएको शहरी योजनाकार कुमार धमलाले जानकारी दिएका छन् ।

गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव, पुर्व सभासद शुशिला चौधरी, रश्मीराज नेपालीले राजधानीको आगमनको विषयमा विचार ब्यक्त गर्दै राजधानी शहरकोलागि कामको तिब्रतामा जोड दिएका छन ।

निर्माण गरिने शहरको खाकामा राष्ट्रिय, अन्तराष्ट्रिय निति, नियमको परिधिमा रहेको सुहाउदो शहर निर्माणका लागि सम्वन्धित निकायलाई सिफारिस गरिने योजनाकार धमलाले जानकारी दिएका छन् ।

सहभागीबाट यस क्षेत्रको सवल र दुर्वलपक्ष, अवसर र चुनौतिको बारेमा छलफल चलाउदै आगामी राप्ती उपत्यका राजधानी शहरको परिकल्पना समेत गरिएको कार्यक्रममा राजधानी शहर परामर्शदाताका तर्फवाट शहरी योजनाकार कुमार धमला, यातायात योजनाकार डा। प्रदिप श्रेष्ठ, अर्धविद् कुमार भट्टराई, आर्किटेक सुरेन्द्र लुईटेलले राजधानी शहरको सम्भावित खाका माथि प्रष्ट पारेका थिए ।

शहरी योजनाकार कुमार धमलाले लुम्विनी प्रदेशको राजधानी शहरको सम्भावित खाका निर्माणको क्रममै रहेकोले राजधानी शहर परामर्शदाताहरुलाई आम नागरिकले सकारात्मक सुझाव दिन सक्ने बताउनु भएको छ जसका लागि मोवाईल नं ९८५१०७६२६५ वा ईमेल ठेगाना मा समेत सम्पर्क गर्न सबैमा अनुरोध समेत गरिएको छ ।

विहिवार आयोजना गरिएको कार्यक्रमका लागि प्रदेश पुर्वाधार प्राधिकरण र राप्ती गाउँपालिकाले सार्वजनिक रुपमै सहभागिताको लागि सुचना सामाजिक सन्जालबाट प्रकासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे