दाङमा बिहिबार थप १८ जनामा काेराेना संक्रमण पुष्टि, ९ जना संक्रमण मुक्त



दाङमा बिहिबार थप १८ जनामा काेराेना संक्रमण पुष्टि, ९ जना संक्रमण मुक्त

दाङ १४ साउन । दाङमा आज थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ७८ जनामा गरिएको पिसिआर जाँचमा १२ जना महिला र ६ जना पुरुष गरि १८ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा घोराहीका १० जना, तुलसीपुरका ३ जना, लमहीका ३, गढवा र राप्ती गाउँपालिकाका १÷१ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ ।

आज कोरोना मुक्त हुनेको संख्या ९ रहेको छ । आज थप भएका १८ जना सहित जिल्लामा सकृय विरामीको संख्या एक सय ४३ जना पुगेको छ । ति मध्य एक सय २३ जना घरमा, अक्सिजन सहितको उपचारमा १४ जना र आईसियूमा ६ जना रहेको केन्द्रले जनाएको छ ।

बैशाख यता दाङमा ८ हजार ४ सय २१ जनामा कोरोना देखिएको छ । ति मध्य ८ हजार ७० जना निको भएका छन् भने २ सय ८ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे