लुम्बिनीको प्रदेश प्रमुखमा शेरचन र गण्डकी प्रदेश प्रमुखमा गुरुङ सिफारिस



लुम्बिनीको प्रदेश प्रमुखमा शेरचन र गण्डकी प्रदेश प्रमुखमा गुरुङ सिफारिस

काठमाण्डाै १२ साउन । सरकारले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई नियुक्त गरेर नयाँ प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ ।

गण्डकीका प्रदेश प्रमुख सीताकुमारी पौडेललाई हटाएर पृथ्वीमानसिंह गुरुङ र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गरेर अमिक शेरचनलाई नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

बर्खास्ती र नियुक्तिका लागि मन्त्रिपरिषद्ले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको छ । दुवै प्रदेशमा केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्ला प्रदेश प्रमुख हटाएर नयाँ नियुक्त गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्तको प्रक्रियामा गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे