तुलसीपुरको एयरपोट भित्र बम फेला, सेनाद्धारा डिस्पोज



तुलसीपुरको एयरपोट भित्र बम फेला, सेनाद्धारा डिस्पोज

तुलसीपुर १३ साउन । तुलसीपुरको टरिगाउँ एयारपोट भित्र बम फेला परेको छ । प्रहरी स्रोतका अनुसार तुलसीपुर १२ टरिगाउँमा रहेको एयरपोट भित्र बुधवार दिउँसो दुई बजेतिर बम फेला परेको हो ।

एयरपोटमा झारी सफाई गर्ने क्रममा बम भेटिएको बताईएको छ । उक्त बमलाई १९ नम्वर बाहिनी तुलसीपुरबाट नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । यस घटना बारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे