तुलसीपुरमा रोकिराखेको एउटा बसमा आगजनी



तुलसीपुरमा रोकिराखेको एउटा बसमा आगजनी

तुलसीपुर ११ साउन । तुलसीपुरमा रोकिराखेको एउटा बसमा आगजनी भएको छ । तुलसीपुर-७ कालाखोला नजिकै रोकिराखेको रा १ ख १८९२ नम्बरको बसमा गएराती आगजनी भएको हो ।

बसमा विद्युतिय तार सर्ट भएर आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलकप्रसाद शर्माले बताए । गाडी मालिक पनि अहिलेसम्म पत्ता लाग्न नसकेको उनले बताए । आगलागीबारे थप विस्तृत जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे