देशका धेरै ठाउँमा पर्सिसम्म झरी पर्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



देशका धेरै ठाउँमा पर्सिसम्म झरी पर्ने, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डौ ११ साउन । देशका धेरै ठाउँमा पर्सि बुधवारसम्म झरी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधानी अपनाउन महाशाखाको आग्रह छ।

आज सुदूरपश्चिमका केही ठाउँमा र भोलि प्रदेश-१, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ ।

महाशाखाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने क्रम सुरु भएकाले मनसुन सक्रिय भएको मौसमविद् वरुण पौडेलले बताए ।

उज्यालाे अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे