लापा २ को समिक्षा तथा कार्यक्रम समापन



लापा २ को समिक्षा तथा कार्यक्रम समापन

गढवा १० साउन । देउखुरीको गढवा गाउँपालिका संगको समन्वय र सहकार्यबाट संचालन भएको नेपालमा जलवायु परिवर्तन सहयोग कार्यक्रम–२ को एक कार्यक्रमका बिच आइतवार गढवामा समिक्षा गर्दै समापन गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा लापा–२ परियोजनाका कर्मचारीहरु,गाउँपालिकाका उपाध्यक्ष,वडा अध्यक्षहरु र प्रमुख प्रशासकिय अधिकृत सहित बिषयगत शाखाका कर्मचारीहरुको उपस्थिती रहेको गाउँपालिकाले जनाएको छ ।

२०७० सालदेखि नेपालका १४ जिल्लाका १४ स्थानीय तहहरुका ९० स्थानमा जलवायु परिवर्तन अनूकूलनका बिकास निर्माणका कार्यक्रम संचालन भएको कार्यक्रममा जानकारी गराइएको हो । गढवा गाउँपालिकाका चार स्थानहरुमा संचालन भएका कार्यक्रमहरुमा लापाको २ करोड ५१ लख लगानी भएको र सबै योजनाहरुमा गाउँपालिकाको समेत लगानी रहेको कार्यक्रममा बताइएको हो ।

समिक्षा कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सहजराम यादवले यो परियोजना संग गाउँपालिकाले साझेदार भई काम गरेर महत्वपुर्ण उपलब्धि हाँसील गरेको बताउदै कार्यक्रम कार्यान्वयनकर्तालाई धन्यवाद दिए । कार्यक्रममा गढवा गाउँपालिकाको बाढी–पहिरो जस्ता बिपदका स्थानहरुको पहिचान गरि कार्यक्रम कार्यान्वयन गर्न तयार गरिएको प्रतिवेदन र नक्सांकन समेत सार्वजनिक गरिएको थियो ।

लापा कार्यक्रमबाट सम्पन्न भएका बिकास योजनाहरुको दिगोपनको संरक्षण गर्ने र अधुरा कामलाई पालिकाको तर्फबाट पुर्णता दिन पहल गर्ने गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए । कार्यक्रमको सहजीकरण प्रशासन शाखाका प्रमुख पुनाराम शर्माले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे