दाङमा कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि श्रीमान पक्राउ



दाङमा कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि श्रीमान पक्राउ

दाङ १० साउन । पश्चिम दाङमा कुटपिटबाट श्रीमतीको मृत्यु भएपछि श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका–४ एकली निबासी ६५ बर्षका मोहनलाल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दुई दिन अघि घरमै सामान्य विवादपछि मोहनलालले धक्का दिदा घाइते भएकी भागीरथीको भेरी अस्पताल नेपालगंजमा उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । श्रीमान ईप्रका तुलसीपुरको हिरासत कक्षमा रहेका छन । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे