जिल्ला प्रहरी दाङमा आर्थिक वर्ष २०७५ देखि २०७७ असार मसान्त सम्म २०४१ मुद्दा दर्ता



जिल्ला प्रहरी दाङमा आर्थिक वर्ष २०७५ देखि २०७७ असार मसान्त सम्म २०४१ मुद्दा दर्ता

दाङ १० साउन । दाङ जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७५ देखि २०७७को असारमसान्त सम्ममा महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धीका विभिन्न शिर्षकमा २ हजार ४१ वटा मुद्दा दर्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालका अनुसार आर्थिक वर्ष २०७७र२०७८ असार मसान्तसम्ममा ६८७ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै २०७६र२०७७ मा ६०७ वटा मुद्दा दर्ता भएका छन् भने २०७५र०७६मा ७४७ वटा मुद्दा दर्ता भएका छन् ।

कार्यालयमा सबै भन्दा बढी घरेलु हिंसाको मुद्दा र आत्महत्याको मुद्दा दर्ता हुने गरेको डिएसपी रिजालले बताए ।२०७७र०७८ असारमम्ममा जजक(रेप०) ८१, जजक उ. १९, बहुविवाह ४०, बोक्सी आरोप ५, मानव बेचविखन २, अपहरण तथा रा।प १, बालविवाह २, आत्महत्या १०६, गर्भ पतन शून्य, आ ह दु (आत्महत्या दुरूत्सहान) ७, अप्राकृतिक मैथुन २, बाल दुरुपयोग ७, बालबालिका विरुद्ध कसूर १, ज्यान मार्ने उद्योग १, कर्तव्य ज्यान ५, ठाडो उजुरी २६८ मध्य २५८ जनाको मिलापत्र भएको र १० जनाको छलफल हुन बाँकी र घरेलु हिंसाको १४० मधय ९७ जनाको मिलापत्र भएको र २८ जना सम्बन्ध विच्छेदको लागि अदालत गएको १५ जनाको मिलापत्र हुन बाँकी रहेको छ ।

त्यस्तै २०७६र०७७मा जजक(रेप) ४४, जजक उ २३, बहुविवाह १४, मानव बेचविखन १, अपहरण तथा रा।प १, बालविवाह ३, आत्महत्या ११३, गर्भ पतन २, आ ह दु (आत्महत्या दुरूत्सहान) ४, अप्राकृतिक मैथुन १, बाल दुराचार १०, ज्यान मार्ने उद्योग १, कर्तव्य ज्यान १, सामाजिक हिंसा १, ठाडो उजुरी २७३ र घरेलु हिंसाको ११५ मध्य ८२ वटा मुद्दाको मिलापत्र भएको र २८ जना सम्बन्ध विच्छेदको लागि अदालत गएको ५ जना सम्पर्कमा नआएका रहेका छन् ।

त्यस्तै २०७५र०७६ मा जजक(रेप)६८, जजक उ.२१, बहुविवाह २८, बोक्सी आरोप २, मानव बेचविखन ४, अपहरण तथा रा।प ३, बालविवाह ८, आत्महत्या ८३, गर्भ पतन १, ज्या.स.क.आ.ग.दु. ३, अप्राकृतिक मैथुन २, बाल दुराचार ९, सामाजिक हिंसा ३, ठाडो उजुरी ३५१ र घरेलु हिंसाको १६१ मध्य १३४ वटा मुद्दाको मिलापत्र भएको र १८ जना सम्बन्ध विच्छेदको लागि अदालत गएको ९ जना सम्पर्कमा नआएका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे