उच्च अदालत बारको अध्यक्षमा भण्डारी चयन



उच्च अदालत बारको अध्यक्षमा भण्डारी चयन

तुलसीपुर ९ साउन । उच्च अदालतबार एशोसियशन तुलसीपुरको अधिवेशन सम्पन्न भएको छ । २ बर्षे कार्यकालका लागि शनिबार सम्पन्न अधिबेशनले पुष्कर बहादुर भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नँया कार्य समिति चयन गरेको छ ।

निर्वाचन कमिटीका संयोजक अधिवक्ता मोहन प्रसाद धितालका अनुसार उपाध्यक्षमा सुनिल धिताल, सचिवमा मधुसुदन गौतम, कोषाध्यक्षमा प्रकाश रेग्मी र्निबिरोध निर्वाचित भएका हुन् । सदस्यमा विष्णुमणी धिताल, प्रविण लम्सा, बिनु श्रेष्ठ, गोर्कण खत्री, श्रीराम चौधरी, भागवत रेग्मी सदस्यमा र्निविरोध निर्वाचित भएका छन् ।

एक जना सदस्य पछि थप गरिने निर्वाचन कमिटीका संयोजक धितालले बताए । एक जना महिला सहित ३१ जना मतदाता रहेको उच्च अदालतबार एशोसियसन तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे