दाङमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना निको



दाङमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना निको

दाङ ९ साउन । दाङमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ६० जनामा गरिएको पिसिआर परिक्षणमा १० पुरुष र ६ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराहीका १३, तुलसीपुरका २ र लमहीका एक जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यो सहित दाङमा अहिले सकृय बिरामीको संख्या १ सय ३३ पुगेको छ । ति मध्य १ सय ९ जना घरमा, अक्सिजन सहितको उपचारमा १६ जना र आईसियूमा ८ जना रहेको केन्द्रले जनाएको छ ।

आज दाङका ३ जना मात्रै कोरोना मुक्त भएका छन् । बैशाख यता कोरोना संक्रमित हुनेको संख्या ८ हजार ३ सय ६० जना रहेको छ भने ८ हजार १९ जना निको भएका छन् । त्यस्तै बैशाख यता २ सय ८ जनाको कोरोना संक्रमणका कारण मृत्युभएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे