स्वर्गीय चौधरीको १३ औँ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा



स्वर्गीय चौधरीको १३ औँ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा

सिसहनियाँ ८ साउन । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका संगठन कमिटीले शुक्रवार पत्थरगढवामा श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ । पार्टीका संगठन कमिटी सदस्य स्वर्गीय रामकुमारी चौधरीको १३ औँ दिनको पुण्य तिथीको अवसरमा उनकै निवास पत्थरगढवामा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो ।

माओवादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारीको अध्यक्षता एवम् पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य थारुले स्वर्गीय चौधरीले पार्टी र गाउँ टोलमा पु¥याएको योगदानको प्रसंम्सा गर्दै उहाँको निधनले पार्टी र आन्दोलनलाई अतुलनीय क्षेती पुगेको बताएका छन् ।

स्वर्गीय रामकुमारी चौधरी प्रति १ मिनेट मौनधारण गर्दै उनको फोटोमा अबिर लगाएर सुरु गरिएको सभामा पार्टीका सचिवालय सदस्यहरु तथा निर्वाचित वडा अध्यक्ष जगतबहादुर थापा, चन्दर चौधरी लगायतले श्रद्धाञ्जली मन्तव्य राखेका थिए ।

भने सभामा स्थानीय नेताहरु आनन्द परियार, गरिबु चौधरी, अनुप चौधरी, झग्गुप्रसाद अधिकारी, मोहन बिष्ट, बसन्त नेपाली, तपराज आचार्य, स्वर्गीय रामकुमारी चौधरीकी पति वसन्त चौधरी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सुरेश चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे