नेपालमा थप २३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि, २०७८ जना निको १२ जनाकाे मृत्यु



नेपालमा थप २३९८ जनामा कोरोना सङ्क्रमण पुष्टि, २०७८ जना निको १२ जनाकाे मृत्यु

काठमाण्डाै  २९ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार तीन सय ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार ५८ नमुनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ३९ र तीन हजार नौ सय ५४ जनाको एन्टिजेन परीक्षण गर्दा सात सय ५९ गरी दुई हजार तीन सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख तीन हजार आठ सय ५६ पुगेको छ । यस्तै थप दुई हजार ७८ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २३ हजार एक सय पाँच पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार चार सय १२ पुगेको छ । नेपालमा अहिले २६ हजार दुई सय ६१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे