गढवाका किसानहरु अनुदानमा कृषि औजार पाउँदा खुसी



गढवाका किसानहरु अनुदानमा कृषि औजार पाउँदा खुसी

गढवा २९ असार । गढवा गाउँपालिका वडा नं. ६ का भरत कुमार पन्तले गाउँपालिकामा ३५ हजार ५ सय जम्मा गरेपछि ७० हजारको मिनी पावर ट्रेलर पाएको बताए । मनिकापुर बहुउद्देश्यय कृषि समूहका सचिव सुर्यबहादुर बुढा पनि गाउँपालिकाले पचास प्रतिशत अनुदानमा वितरण गर्न थालेको मिनीपावर टे«लर चलाउदै घर गए ।

पावर टे«लरले आफ्नो १०÷१५ कठ्ठा जमिन जोत्न र करेसाबारीमा तरकारी खेति गर्न सहज हुने र डिजल पनि निकै कम लाग्ने उनले बताए । गढवा गाउँपालिका वडा नं. ७ का बिर्जा चौधरी, कालीप्रसाद चौधरी र सरिता चौधरीले पनि मंगलबार गढवा गाउँपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेका पावर टे«लर आफैले चलाएर घरमा लगे ।

सरकारले आधा रकम सहुलियतमा पावर टे«लर प्राप्त गराएकोमा उनीहरु खुसी भएको बताए । पन्त, बुढा र चौधरीले जस्तै गढवा गाउँपालिकाबाट २५ जना किसान, समुह र सहकारीहरुले २५ थान पावर टे«लर प्राप्त गर्दा खुसी भएर घर फर्किएका हुन् । मंगलवार गढवा गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रमका बिच अध्यक्ष सहजराम यादव, उपाध्यक्ष शान्ती चौधरी र प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगीले किसानहरुलाई मिनीपावर टे«लर, च्याङ्फा र धान काट्ने रिपर मसिन वितरण गर्नुभएको हो ।

लुम्बिनी प्रदेश सरकारको कोभिड बिशेष कृषि कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाले मंगलबार किसानहरुलाई ५० प्रतिशत अनुदानमा मिनीपावर ट्रेलर, च्याङ्फा र धान काट्ने रिफर मसिन वितरण गरेको छ । किसानहरुलाई प्रदेश सरकार र स्थानीय सरकारले साना कृषि औजार तथा उपकरण वितरण गरि कृषिमा आत्मनिर्भर बनाउने र आयआर्जनमा टेवा पुरयाउने उद्देश्य राखेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए ।

गढवा गाउँपालिका कृषि बिकास शाखाको समन्वय सहकार्यमा ५० प्रतिशत अनुदानमा किसानहरुलाई मसिनरी औजारहरु वितरण गरिएको कृषि अधिकृत सिसीर रेग्मीले जानकारी दिए । शाखाले ५० प्रतिशत अनुदानमा २२ जना किसानहरुलाई एक–एक थानका दरले २२ थान २ हर्षपावरका मोटर र ७ हर्ष पावर क्षमताका २५ थान मिनी पावर ट्रेलर वितरण गरेको जनाएको छ । यसैगरी २ थान धान काट्ने रिफर मसिन र ५ थान च्याङ्फा धानपाकेट क्षेत्रका सहकारी तथा समूहलाई वितरण गरिएको शाखाका प्रमुख कर्ताराम यादवले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे