गृहमा बालकृष्ण खाँड, अर्थमा जनार्दन शर्मासँगै चार मन्त्रीले लिए शपथ



गृहमा बालकृष्ण खाँड, अर्थमा जनार्दन शर्मासँगै चार मन्त्रीले लिए शपथ

काठमाण्डाै २९ असार । प्रधानमन्त्रीमा शेरबहादुर देउवासँगै चार जना मन्त्रीले पनि शपथ लिएका छन् । नेपाली कांग्रेसबाट बालकृष्ण खाँड गृहमन्त्रीमा नियुक्त भएका छन्, उनी रुपन्देहीबाट समानुपातिक सांसद हुन् ।

यस्तै कांग्रेसकै ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएका छन् । कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । यस्तै अर्थ मन्त्रीमा माओवादीबाट जनार्दन शर्मा नियुक्त भएका छन् ।

उनी रुकुम पश्चिमको क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन्। उनी यसअघि गृह र ऊर्जा मन्त्री बनिसकेका छन् । यस्तै आजै माओवादीकी नेतृ पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनी ललितपुर ३ बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे