वन मुद्धामा फरार अभियुक्त चार बर्ष पछि पक्राउ



वन मुद्धामा फरार अभियुक्त चार बर्ष पछि पक्राउ

दाङ, २९ असार । बन मुद्धामा फरार तीन जना प्रतिवादीलाई दाङ प्रहरीले चार बर्ष पछि पक्राउ गरेको छ । २०७४ फागुन १४ गते सामुहिक वन मुद्धामा सर्वोच्च अदालतले उनीहरुलाई जनही १ लाख ३८ हजार नौसय १७ रुपैया जरीमाना तोकेको थियो ।

अदालतको फैसला पछि फरार रहेका उनीहरुलाई मंगलबार दिउँसो १ बजे घोराही उपमहानगरपालिका वडा नं. २ बालापुरमा लुकिछिपी बसेको रहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षत्रक मुकुन्द रिजालले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं.२ रामपुरकी ५० बर्षीया जिबा चौधरी, सोही ठाउँका ५२ बर्षीय धनबहादुर चौधरी र ६६ बर्षीया गौरी बिक रहेका छन् । प्रतिबादीहरुलाई आजै दाङ देउखुरी जिल्ला अदालतमा बुझाईएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे