दाङमा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि, ४४ जना निको



दाङमा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि, ४४ जना निको

दाङ २९ असार । दाङमा आज थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ४५ जनामा गरिएको पिसिआर परिक्षणमा १२ जना पुरुष र १० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै अहिले दाङमा सकृय बिरामीको संख्या एक सय १९ जना रहेका छन् । ति मध्य घरमै ९२ जना, अक्सिजन सहितको उपचारमा २० जना र आईसियूमा ७ जना बिरामी रहेको आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यसै बिच आज ४२ जना संक्रमित कोरोना मुक्त भएका छन् ।

यो सँगै बैशाख यता कोरोना मुक्त हुनेको संख्या ७ हजार ८ सय ९३ जना पुगेको छ । साथै बैशाख यता ८ हजार २ सय १७ जनामा कोरोना पुष्टि भएको छ भने २ सय ५ जनाको मृत्युभएको केन्द्रले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे