लालमटियाको भण्डारी मोबाइल सेन्टरबाट ४ लाख बढीको मोबाइल र नगद चोरी



लालमटियाको भण्डारी मोबाइल सेन्टरबाट ४ लाख बढीको मोबाइल र नगद चोरी

भालुवाङ २८ असार । देउखुरीको राप्ती गाउँपालिका २ लालमटियामा रहेको भण्डारी मोबाइल सेन्टरबाट गएराती चोरी भएको छ । चोरले माेबाइल सेन्टरबाट विभिन्न ब्राण्डका मोबाइल सेटहरु, मेमोरी कार्ड, स्पीकर र नगद ६ हजार गरी करिव ४/५ लाख बराबरको चोरी भएको माेबाइल सेन्टरका सञ्चालक युवराज भण्डारीले जानकारी दिएका छन् ।

सो घरमा कोही पनि नबस्ने भएकाले चोरले छत माथि रहेको भ्यालबाट छिरेर गल्लीको ढोकामा लगाएको ताल्चा फोडेर चोरी गरेको सञ्चालक भण्डारीले जानकारी दिएका छन् । चोरी भएपछि सञ्चालक भण्डारीले इलाका प्रहरी कार्यालय भालुवाङ र राप्ती उद्योग वाणिज्य संघमा जानकारी समेत गराएका छन् । पछिल्लो समय दाङमा पसल, गाडी र मोटरसाइकल चोरीका घटना निकै बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे