रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा पदभार ग्रहण तथा सम्मान कार्यक्रम



रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा पदभार ग्रहण तथा सम्मान कार्यक्रम

भालुवाङ २८ असार । भालुवाङ सञ्चार सेवा प्रालिद्धारा सञ्चालित रेडियो राप्ती तथा राप्ती टेलिभिजनमा पदभार ग्रहण तथा सम्मान कार्यक्रम आइतवार आफ्नै कार्यालयमा सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष रामप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले रेडियो तथा टेलिभिजनलाई स्तरीय बनाउन तथा दिगोपना दिन कर्मचारीहरुको भुमिका महत्वपुर्ण हुने भएकाले सत्यतथ्य समाचार संप्रेसण गर्न र सचेतनामुलक कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।

कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष टोपबहादुर कार्कीको पदउन्नती भई वरिष्ठ उपाध्यक्ष र पुणर्बहादुर बुढाथोकीलाई उपाध्यक्ष पदमा मनोनित गरिएकोले उहाँहरुलाई पदभार ग्रहण गराउँदै कदर पत्र सहित सञ्चालक समितिले खाँदा ओढाएर सम्मान गरेको छ ।

त्यसै गरी समितिले कार्यक्रममा रेडियो तथा टेलिभिजनका स्टेशन म्यानेजर ओमप्रकाश गुप्ता, सहायक स्टेशन म्यानेजर तथा सहायक समाचार प्रमुख सन्तोषकुमार गुप्ता, लेखा तथा प्राविधिक प्रमुख अरुण पौडेल, कार्यक्रम तथा विज्ञापन उत्पादन प्रमुख विरेन्द्र गिरी, प्रमुख समाचार बाचिका तथा स्टेशन व्यवस्थापक अंशु बोहरा, कार्यक्रम प्रस्तोता तथा बजार प्रतिनीधि मधु मल्ल र कार्यक्रम प्रस्तोता हुमा सुनारलाई प्रमाण पत्र र खाँदा ओढाएर सम्मान गरेको छ ।
कार्यक्रममा सञ्चालक समितिका कोषाध्यक्ष मधुसुदन पौडेल, सदस्यहरु ऋषि पौडेल, ज्ञानुकादेवी अधिकारी, कौशल्या पौडेल र कर्मचारीहरुको सहभागिता रहेको थियो । स्टेशन म्यानेजर ओमप्रकाश गुप्ताको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहायक स्टेशन म्यानेजर तथा सहायक समाचार प्रमुख सन्तोषकुमार गुप्ताले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे