दाङमा बितेको २४ घण्टामा थप २० जनामा काेराेना संक्रमण पुष्टि



दाङमा बितेको २४ घण्टामा थप २० जनामा काेराेना संक्रमण पुष्टि

तुलसीपुर, २७ असार । दाङमा वितेको २४ घण्टामा ७५ जनाको कोरोना परिक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको छ । जिल्ला आपतकालिन कार्य संचालन केन्द्र घोराहीले दिएको जानकारी अनुसार वितेको २४ घण्टामा ७५ जनाको पिसिआरबाट कोरोना परिक्षण गरिएकोमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

उनीहरु सवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गरिएको केन्द्रले बताएको छ । यो संगै बैशाख यता संक्रमित हुनेको संख्या ८ हजार १८२ पुगेको छ । केन्द्रका अनुसार संक्रमित थपिनेमा घोराहीका ११ जना, तुलसीपुरका ६ जना र राप्तीका ३ जना रहेका छन् । यो संगै जिल्लामा संक्रिय संक्रमित हुनेको संख्या १ सय ३७ पुगेको केन्द्रले जानकारी दिएको छ ।

यस्तै वितेको २४ घण्टामा थप ३० जना कोरोनाबाट मुक्त भएका छन् । घोराहीका ११ जना, तुलसीपुरका ७ जना, लमही, गढवा, राजपुर र राप्तीका २÷२ जना, शान्तीनगरका १ र बबईका ३ जना कोरोनाबाट मुक्त भएका छन् । यो संगै बैशाख यता कोरोनाबाट मुक्त हुनेको संख्या ७ हजार ८ सय ४० रहेको केन्द्रले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे