नेपालमा थप १८३१ जनामा काेराेना सङ्क्रमण पुष्टि, १५३३ जना सङ्क्रमण मुक्त २० जनाकाे मृत्यु



नेपालमा थप १८३१ जनामा काेराेना सङ्क्रमण पुष्टि, १५३३ जना सङ्क्रमण मुक्त २० जनाकाे मृत्यु

काठमाण्डाै २७ असार । पछिल्लो २४ घण्टामा देशभर एक हजार आठ सय ३१ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार पाँच सय ३५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय ३७ जना र तीन हजार ६ सय ८३ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ९४ गरी एक हजार आठ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिए ।

आज सङ्क्रमण पुष्टि भएकासँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ लाख ९९ हजार ८८ पुगेको छ ।  यसैगरी पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ३३ जना सङ्क्रमणमुक्त भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या ६ लाख १९ हजार आठ ९४ जना पुगेको छ ।

यस्तै कोरोना सङ्क्रमणबाट थप २० जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या नौ हजार तीन सय ८२ पुगेको छ ।अहिले नेपालमा २६ हजार एक सय ७३ जना सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे