दाङमा विभिन्न खाेलाहरुबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने सवारी साधन पक्राउ 



दाङमा विभिन्न खाेलाहरुबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने सवारी साधन पक्राउ 

दाङ २७ असार । दाङमा अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने १ वटा जेसिवी सहित ५ वटा टयाक्टर पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय नारायणपुर, प्रहरी चौकी गोल्टाकुरी, प्रहरी चौकी रामपुर, अस्थायी प्रहरी पोष्ट पर्सेनी र अम्बेकेश्वरीबाट खटिएको प्रहरी टोलीले विभिन्न खाेलाहरुबाट विभिन्न समयमा अवैध नदिजन्य पदार्थ उत्खनन् तथा ओसारपसार गरिरहेको अबस्थामा ती सवारी साधनहरु पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिएका छन् ।

पक्राउ पर्ने सवारी साधानहरुमा भे १ क ११६८ नम्बरकाे जेसिवी, भे २ त १०९, रा १ त २९५५,  भे १ त ९०६५ , रा १ त ७५२ र रा १ त ४१७८ नम्बरकाे टयाक्टरलाइ  नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे