दाङकाे मसोटमा यात्रुवाहक बस र जीप एक आपसमा ठोक्किदा ६ जना घाईते



दाङकाे मसोटमा यात्रुवाहक बस र जीप एक आपसमा ठोक्किदा ६ जना घाईते

देउखुरी २७ असार । दाङकाे लमही घोराही सडक खण्ड अन्तर्गत मसोटमा यात्रुवाहक बस र जीप एकआपसमा ठोक्किँदा जना ६ जना घाईते भएका छन् । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ३ मसोटको मोडमा आईतबार दिउँसो करीव १ बजेतिर बस र जीप एकआपसमा ठाक्किँदा ६ जना घाईते भएका हुन् ।घाईते हुनेमा जीप चालक सहित सोही गाडीमा सवार यात्रुहरु रहेका छन् । भालुवाङबाट घोराही तर्फ जाँदै गरेको रा १ ज ७०६ नम्बरको जीप र घोराहीबाट लमही तर्फ अाउँदै गरेको ना ५ ख २८०८ नम्बर यात्रुवाहक बस ठोक्किएका हुन् । घाईते हुनेहरुमा प्यूठान ओखरकोट ३ का ८३ वर्षीय मंगलसिंह सुनार, सोही ठाउँका ५८ वर्षीय शेरबहादुर सुनार, प्यूठान ऐरावती २ का ३९ वर्षीय ठगबहादुर बुढामगर, ऐरावती ३ की १६ वर्षीया सर्मिला बुढामगर घाईते भएका छन् ।यस्तै, जीप चालक र अर्का एक जना पनि घाईते भएका छन् । सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । घाईतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक थम्मन जिसीले जानकारी दिए । दुवै सवारी ठोक्किएपछि सवारी आवागमन केही बेर अवरुद्ध भएको थियो । प्रहरीको टोली पुगेर दुर्घटनाग्रस्त सवारी सडकबाट छेउँ लगाएसँगै आवागमन सुचारु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे