दाङको देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य १० रुपैयाँले बढयाे, फ्रेस मासु ३६० रुपैयाँ कायम



दाङको देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य १० रुपैयाँले बढयाे, फ्रेस मासु ३६० रुपैयाँ कायम

देउखुरी २६ असार । दाङको देउखुरी क्षेत्रमा बोइलर कुखुराको मुल्य असार २७ गते आइतवार देखि लागु हुने गरी बढेको छ । देउखुरी कुखुरा पालक समुहका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा शनिवार सिसहनियाँमा बसेको बैठकले कुखुराको मुल्य बढाएको हो । अव तयारी ब्रोइलर प्रती केजी २५०  रूपैयाँ र फ्रेस मासु प्रती केजी ३६० रूपैयाँ कायम गरेको छ ।

यस अघि जिउदो कुखुराको मुल्य २४० थियो भने फ्रेसमासुको मुल्य ३५० रुपैयाँ कायम गरेको थियो । देउखुरीमा कुखुरा कम र माग बढी भएकोले मुल्य बढाउनु परेको समुहका प्रवक्ता तथा कोषाध्यक्ष प्रकाश पोख्रेलले जानकारी दिएका छन् ।

साथै प्रवक्ता पोख्रेलले समितिबाट लागू गरिएको मुल्यमा तयारी जिउँदो ब्रोइलर कुखुरा र फ्रेस मासुको कारोबार गर्न सम्पुर्ण किसान, मासु ब्यबसायी,लगाएत आमउपभोक्ताहरुमा अनुरोध गरेका छन् ।

बैठकमा समुहका उपाध्यक्ष खिमा भण्डारी, सचिव पहलमान चौधरी ( अनुप ), कोषाध्यक्ष तथा प्रवक्ता प्रकाश पोख्रेल, सहसचिव जिबराज भट्टराई, सदस्य वसन्त थापा, मधु खड्का, तिलबहादुर डाँगी, बिश्वराज श्रेष्ठ, सुर्यनारायण चौधरी, टेकबहादुर पुन, दुर्गा सार्की र अरुणा केसीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे