बाढीले देउखुरीका केही गाउँ डुवानमा, घरहरुमा आंशिक क्षती



बाढीले देउखुरीका केही गाउँ डुवानमा, घरहरुमा आंशिक क्षती

भालुवाङ २४ असार । लगातारको वर्षा पछि आएको बाढीले देउखुरीका केहि गाउँ बुधवार डुवानमा परेका थिए भने केहि घरमा आंशिक क्षेती भएको खवर प्राप्त भएको छ ।

स्थानीय दोषहरण चौधरीले दिएको जानकारी अनुसार बुधवार आएको बाढीले गढवा गाउँपालिका वडा नम्बर २ महदेवामा सबैभन्दा धेरै क्षति भएको छ त्यहाँ २५ भन्दा बढी घर डुबानमा परेको थियो । त्यसै गरी वडा नम्बर २ को कोठरीमा १५ भन्दा बढी घर र पचहामा भने खोला अतिक्रम गरेर बनाइएका घर डुबानमा परेको थियो ।

डुबानमा केही कच्ची घर पनि भत्किए बताइएको छ । बाढीले अन्नबालीमा पनि क्षेती पुर्‍याएको छ । यस्तै वडा नम्बर १ जेठानगाउँमा खोला अतिक्रमण गरेर बनेका घर डुबेको त्यहाँका स्थानीयहरुले रेडियो राप्ती तथा राप्ती टेलिभिजनलाई जानकारी दिएका छन् । बाढीबाट के कति क्षती भएको छ । त्यस बारे विवरण आउन भने बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे