देउखुरीमा प्रदेशको ग्रामिण तथा शहरी विकास मन्त्रालयले बुधवारबाट काम सुरु गर्ने



देउखुरीमा प्रदेशको ग्रामिण तथा शहरी विकास मन्त्रालयले बुधवारबाट काम सुरु गर्ने

भालुवाङ २२ असार ।लुम्बिनी प्रदेशको ग्रामिण तथा सहरी विकास मन्त्रालयले देउखुरीबाट काम सुरु गर्ने भएको छ । उक्त मन्त्रालयले बुधबार देखि काम सुरु गर्ने भएको हो ।

उक्त मन्त्रालयको बुधबार मुख्यमन्त्री शंकर पोखरेलले काम सुरु गर्ने भएका छन् । भाेली दिउँसाे १ बजे राप्ती प्राविधिक शिक्षालयकाे सभाहल माैरीघाटमा कार्यक्रम राखिएकाे मन्त्रालयका सचिव महेशचन्द्र न्याैपानेले जानकारी दिएका छन् ।  प्रदेशको स्थायी राजधानी देउखुरीमा घोषणा भएपछि सोही क्षेत्रमा प्रदेशका गतिबिधि सुरु भएका छन् ।

गत बैशाखमा राप्ती उपत्यका देउखुरी मौरीघाटमा ग्रामीण तथा शहरी विकास मन्त्रालयको कार्यालय स्थापना गरिएको थियाे । मन्त्री रिजालले मन्त्रालयमा पदभार ग्रहण समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे