गढवामा जग्गा नाप्न जिपिएस प्वाइण्ट, गाउँपालिकाका अध्यक्ष यादवद्धारा उद्घाटन



गढवामा जग्गा नाप्न जिपिएस प्वाइण्ट, गाउँपालिकाका अध्यक्ष यादवद्धारा उद्घाटन

गढवा २२ असार । गढवा गाउँपालिकाले जग्गा नाप्नका लागि जिपिएस बेस प्वाइण्टको उद्घाटन गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवले मंगलवार गाउँपालिकाको तेश्रो तल्लाको छतमा जिपिएस कण्ट्रोल प्वाइण्टको स्विच थिचेर उद्घाटन गरेका हुन् ।

भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोवासीहरुको लगत संकलन गरि उनीहरुलाई जग्गा प्रदान गर्ने प्रयोजनका लागि पालिकाका झण्डै १ सयबढी स्थानहरुमा डिजिपिएस कण्ट्रोल प्वाइण्ट राखिने र ति प्वाइण्टलाई मुख्य आधार मानी जग्गाको नाप लगत लिइने गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए ।

चारैतिर जमिन देखिने अग्लो भू–भागमा प्वाइण्टहरु राखी पिलर गाडिन्छ, त्यहि प्वाइण्टबाट डिजिटल मसिनले प्रिज्माका आधारमा जग्गा नापिन्छ । यो प्रबिधिबाट जग्गा नाप गर्दा फिल्डमा फिता बोकेर जानु पर्दैन र फिल्डको जोखिम पनि कम हुन्छ–गाउँपालिकाका अमिन नारायण सुवेदीले भने । यो प्रबिधि निकै भरपर्दे हुन्छ । डिजिटल मसिनले ईएमएम मिलि मीटर समेत एकयोरेसी निस्किन्छ ।

बिगत २०२७ सालको नापीको जस्तै पालिकाभरका आठवटै वडाका झण्डै एकसय बढी मुख्य–मुख्य प्वाईण्टमा पिलर गाडीन्छ । त्यसैलाई आधार प्वाइण्ट मानेर त्यहाँबाट मसिनले देखिने एरियाभरका जग्गाहरु सबै नाप नक्सा तयार गरिन्छ । यसरी नापिएको रेकर्ड अभिलेख कम्प्युटरमा राखिन्छ । यो प्रबिधिबाट झण्डै १०० प्रतिशत सुद्धताका हिसाबले जग्गा नापिने डिजिटल प्रबिधि भएको गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे