दाङमा साेमबार संक्रमित हुनेभन्दा निको हुनेको संख्या दोब्बर



दाङमा साेमबार संक्रमित हुनेभन्दा निको हुनेको संख्या दोब्बर

दाङ २१ असार ।  दाङमा साेमबार कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्या दोब्बर देखिएको छ । जिल्लामा ५  जनामा कोरोना  पुष्टि हुदा १० जनाले कारोनालाई जितेको जिल्ला हापतकालिन कार्यसंचालन केन्द्र दाङले जनाएको छ ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ४० जनाको पिसिआर परिक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै अहिले दाङमा सकृय बिरामीको संख्या १३८ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । ती मध्य घरमा १०९ जना, अक्सिजन सहितको उपचारमा १६ जना र आईसियूमा १३ जना रहेका छन् ।

यस्तै आज निको भएका संगै बैशाख यता जिल्लामा ७ हजार ७ सय ८७ जनाले कारोनालाई जितेका छन् भने संक्रमितको संख्या ८ हजार १ सय २९ पुगेको केन्द्रले जनाएको छ । बैशाख यता दाङमा कोरोनाबाट मृत्युहुनेको संख्या २ सय ४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे