पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय २२ जनामा सङ्क्रमण पुष्टि, २ हजार २ सय ११ निकाे



पछिल्लो २४ घण्टामा देशभर २ हजार ६ सय २२ जनामा सङ्क्रमण पुष्टि, २ हजार २ सय ११ निकाे

काठमाण्डाै २१ असार । पछिल्लो २४ घण्टामा दुई हजार ६ सय २२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । सात हजार चार सय ९९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार सात सय ४५ जना र चार हजार २८ जनाको एन्टिजेन परीक्षण गर्दा आठ सय ७७ जना गरी दुई हजार ६ सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ४६ हजार तीन सय ६७ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८ हजार नौ सय ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार दुई सय ११ जनासहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ११ हजार चार सय २९ पुगेको छ । अहिले नेपालमा २५ हजार ६ सय ९० जना सक्रिय सङ्क्रमित छन् ।

यस्तै थप २३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म नौ हजार दुई सय ४८ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे