कार्तिक र मंसिर हुने मध्यावधि चुनावको लागि कार्यतालिका तयार



कार्तिक र मंसिर हुने मध्यावधि चुनावको लागि कार्यतालिका तयार

काठमाण्डाै २१ असार । निर्वाचन आयोगले आउँदो कार्तिक र मंसिरका लागि तोकिएको मध्यावधि चुनावको लागि कार्यतालिका तयार पारेको छ । आयोगले चुनावको उम्मेदवारी दर्ता, मतदान लगायतका तालिका सार्वजनिक गरेको हो ।

कार्यतालिका अनुसार पहिलो चरणमा हुने चुनावका लागि असोज २० र २१ गते उम्मेदवार दर्ता हुनेछ । असोज २० गते सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र २१ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्नेछ । यस्तै दोस्रो चरणको चुनावको लागि उम्मेदवारी दर्ता असोज ३१ र कात्तिक १ मा गर्ने तयारी छ ।

३१ गते सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारले र कार्तिक १ गते अन्य दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गर्नुपर्ने तयारी छ । पहिलो चरणको चुनाव कार्तिक २६ गते र दोस्रो चरणको चुनाव मंसिर ३ गते हुने छ । असार ३१ गतेदेखि निर्वाचन अवधि सुरु हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे